arrow

बिम्स्टेक बैठकको तयारी पूरा, शुक्रबारबाट काठमाडौंमा हुँदै, बिहीबार एसओएम

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
bimstec1.jpg

काठमाडौँ । शुक्रबारबाट काठमाडौँमा  हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीको प्रयास बिम्स्टेकको मन्त्रीस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । 

बैठकमा सहभागी हुन सदस्यराष्ट्रका उच्च अधिकारीहरूको आगमन भइसकेको छ भने मन्त्रीहरू बिहीबार आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रीस्तरीय बैठक हुनुअघि बिहीबार उच्च अधिकारी बैठक एसओएम हुनेछ । यो बैठकले मन्त्रीस्तरीय बैठकमा निर्णयार्थ पेस हुने विषयमा विस्तृत छलफल गर्नेछ ।  

नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागीले बैठकको नेतृत्व गर्नेछन् ।  नेपाल अहिले बिम्स्टेकको अध्यक्षराष्ट्र हो ।  

बिम्स्टेकको १८औँ शिखर सम्मेलन पनि यसै वर्ष नेपालमा हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ