- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ ।
आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले संख्या लगभग टुंगो लगाएको छ ।
आयोगका एक सदस्यका अनुसार अहिले मूल प्रतिवेदन लेखन र छलफलसँगै भइरहेको छ । संख्याका विषयमा छलफल भइरहेको उनले बताएका छन् ।
आयोगले निर्धारण गरेको संख्यामा सबै भन्दा बढी प्रदेश ३ मा ३३ वटा निर्वाचन क्षेत्र तोक्ने गरी छलफल भएको छ । त्यसपछि २ नम्बर प्रदेशमा ३२, र १ नम्बर प्रदेशमा २८ वटा क्षेत्र निर्धारण गर्ने लगभग सहमति भएको बताइएको छ ।
यसैगरी, प्रदेश ४ मा १८, प्रदेश ५ मा २६, प्रदेश ६ मा १२ र प्रदेश ७ मा १६ निर्वाचन क्षेत्र रहने बताइँदैछ । सबै भन्दा कम ६ नम्बर प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र निर्धारण हुने बताइएको छ ।
निर्वाचन आयोगले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिनु पर्ने बताइरहेको छ । क्षेत्र निर्धारण आयोगले आउँदो भाद्र पहिलो साता प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ । प्रतिनिधि सभाको क्षेत्र निर्धारण पछि आयोगले प्रदेश सभाको क्षेत्र निर्धारण गर्ने छ ।
नेपालको संविधानमा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र बराबर प्रदेश सभाको दुई निर्वाचन क्षेत्र हुने उल्लेख छ । आयोले संवैधानिक व्यवस्थालाई मूल आधार बनाएर क्षेत्र निर्धारणको कानुनु अनुसार काम गरिरहेको छ ।