arrow

नयाँ शक्तिका नेताहरुले बाबुरामलाई भने–माओवादीसँग ध्रुवीकरण गरौँ

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
devendra_paudel.jpg

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिभित्रै माओवादीसँग ध्रुवीकरण गर्नुपर्ने आवाज उठेको छ । संघीय समाजवादी फोरमसँगको एकता प्रयास सम्भव नभएपछि  पार्टीभित्र विभिन्न विचारहरु उत्पन्न भएका हुन् ।

नयाँ शक्तिका नेताहरुले सार्वजनिक रुपमै आफुहरु निराश भएको अभिव्यक्ति दिएका छन् । विहीबार पत्रकार सम्मेलन गरेर केही नेताहरुले मुख्य नेतृत्वकै कारण नयाँ शक्ति पार्टी संकटमा परेको टिप्पणी गरे । उनीहरुले पूर्वमाओवादीसँग ध्रुवीकरण हुनुपर्ने समेत बताएका छन् ।

नयाँ शक्तिका नेताहरुले ध्रुवीकरणको प्रक्रियामा लाग्न डा. भट्टराईलाई समेत अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा नयाँ शक्तिका नेता देवेन्द्र पौडेल, कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री, पासाङ शेर्पा, मुक्ति प्रधान, सुशीला श्रीपाली, अमरध्वज लामा, वाहिद अन्सारी, तिलक थापा, हरि चौलागाईलगायत सहभागि थिए ।

उनीहरुले आफूहरुले नयाँ शक्ति पार्टी छाड्न नखोजेको बताए । परिवर्तनकारी शक्ति र पूर्वमाओवादी समूहवीच ध्रुवीकरण आफुहरुको चाहाना रहेको नेताहरुको भनाई छ । डा. भट्टराई भने वुधबार मात्रै अस्पतालबाट घर फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ