एकतीस जिल्लाका प्रजिअको एकैपटक सरुवा, को कहाँ परे विवरणसहित
प्रकाशित २०७४ साउन २७ शुक्रबार
216
Shares
काठमाडौँ । गृह मन्त्रालयले ३१ प्रमुख जिल्ला अधिकारीको एकैपटक सरुवा गरेको छ ।
मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो ।
सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह पर्सा, ऋषिराम तिवारी झापा, रामप्रसाद आचार्य मोरङ, श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, भागीरथ पाण्डे सप्तरी र महेश आचार्य स्याङ्जाको प्रजिअमा सरुवा भएका छन् ।
यसैगरी कृष्णबहादुर कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशकमा र वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा सरुवा भएका छन् ।
त्यसैगरी जनकराज पन्त ओखलढुंगा, भूपेन्द्र थापा सोलुखुम्बु, डा. कृष्णबहादुर घिमिरे प्यूठान, लक्ष्मणविक्रम थापा दोलखा, हिरादेवी पौडेल रसुवा, जनार्दन गौतम दार्चुला, कृष्णप्रसाद अधिकारी म्याग्दी, मोहन जिसी ताप्लेजुङ, नरबहादुर खड्का सप्तरी, उमेश पाण्डे धनकुटा, फणिन्द्र दहाल महोत्तरी, यज्ञराज बोहोरा गृह मन्त्रालय, चोमेन्द्र न्यौपाने धनकुटा, देवेन्द्र लामिछाने बाँके, राजुप्रसाद पौडेल अध्यागमन विभाग, लुकबहादुर क्षेत्री बाजुरा, धर्मानन्द जोशी बझाङ, गणेशबहादुर अधिकारी गृहमन्त्रालय, यदुनाथ पौडेल गृह मन्त्रालय, बासुप्रसाद कोइराला इलाम, केसवबहादुर थापा क्षेत्री गृह मन्त्रालयमा सरुवा भएका छन् ।