arrow

पत्रकार डेकेन्द्र थापाको हत्या भएको १३ वर्ष पुग्यो, अझै सकिएको छैन पत्रकारको आन्दोलन

डेकेन्द्र थापा पत्रकारीता पुरस्कारको घोषणा

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ साउन २७ शुक्रबार
dekendra_thapa.jpg

दैलेख । तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले अपहरण गरी हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको शुक्रबार १३ औं स्मृति दिवश दैलेखमा सम्पन्न भएको छ । दैलेख बजारमा संचालित खानेपानीको पाईप लाईन काटेर खानेपानी अवरुद्ध गरेपछि खानेपानीको विषयमा छलफल गर्न गएको समयमा २०६१ साल असार १२ गते माओवादीले थापालाई अपहरण गरेका थिए । 

अपहरण को ४८ दिन पछि दैलेखको साविकको द्धारी गाविसको एउटा विद्यालयमा निर्ममता पूर्वक हत्या गरी गाडिएको स्थानमा उनीसँग भेट भएको थियो । झण्डै ४ वर्ष पछि मानव अधिकारवादी संघ संगठन र नेपाल पत्रकार महासंघ दैलेखको पहलमा सव उत्खनन गरेर सांस्कृतिक दाह संकार पुरा गरिएको थियो । 

हत्यामा संलग्न दोषीहरु मध्ये केहीलाई जिल्ला अदालतले कार्वाहीको फैसला गरेको थियो । मुख्य आरोपीत दुई जना अझैपनि फरार छन । दैलेखी संचारकर्मीहरुको हत्यारालाई कारवाहि गर्नुपर्छ भन्ने आन्दोलन अझै पनि चलिरहेको अवस्थामा शुक्रबार भएको सदरमुकाममा प्रभातफेरी पश्चात निर्माण सम्पन्न गरिएको डेकेन्द्र चौकमा रहेका स्वर्गीय पत्रकार थापाको शालिक व्यवस्थापिका संसद्का सदस्य लक्ष्मी पोखरेल र स्वर्गीय डेकेन्द्र थापाकी श्रीमती लक्ष्मी थापाबाट संयुक्त रुपमा अनावरण गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित सवै संचारकर्मीहरु, जनप्रतिनिधि, राजनैतिक दल, सर्वसाधारण, बुद्धिजीविको सहभागीता रहेको थियो ।    

स्मृति सभा जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो । नेपाल पत्रकार महासंघ जिल्लाशाखाका अध्यक्ष चक्र के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय डेकेन्द्र थापाको बारेमा श्रद्धासुमन ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा यस वर्षदेखि डेकेन्द्र थापा पत्रकारिता पुरस्कारको स्थापना गरिएको र उक्त पुरस्कार कान्तिपुरका हरिहरसिंह राठौरलाई पदान गरिएको थियो । फरार रहेका हत्याराहरुलाई तत्काल सरकारले कानुनी कठघरामा ल्याउनुपर्ने सबै संचारकर्मीहरुको माग छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ