arrow

विधेयकको कुरा मिलेपनि शुक्रबार गोविन्द केसीको अनसन नतोडिने !

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
govinda-kc-gkc.jpg.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रमा देखिएको विकृतिको विरोधमा ११ औं पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन शुक्रबार पनि नतोडिने सम्भावना बढेको छ । आफ्ना विभिन्न मागहरु राख्दै १९ दिनदेखि अनसनमा बसेका केसीको माग पूरा गराउनको लागि बिहीबार राती र शुक्रबार विहान समेत प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पक्षीय बैठक र विहान प्रधानमन्त्रीसँगको संसद्को महिला वालबालिका तथा समाजकल्याण समितिकी सभापति रञ्जु झाबीचको भेटघाटपछि केसीको माग बमोजिम सो दफा सच्याएर पठाउने सहमति भएसँगै डा केसीको अनसन तोडिने आकलन गरिएको थियो । 

तर, उनको सो माग पूरा भएपनि 'आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस्' भन्ने मागबारे भने अझै कुरा नमिलेकोले शुक्रबार नै उनको अनसन तोडिने सम्भावना नरहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । 'अधिकार र स्वायत्तताको विषयमा धेरै कुरा मिल्न बाँकी छ' । स्रोतले भन्यो 'शुक्रबार अनसन तोडिने सम्भावना देखिँदैन ।' 

अहिले महिला बालबालिका तथा समाजकल्याण समितिको बैठक सिंहदरबारमा चलिरहेको छ । यस अघि शुक्रबार विहानको लागि बोलाएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले यसै विषयमा भेट्न बोलाए पछि रद्द गरिएको थियो । 

यस विषयमा छलफल गर्न बिहीबार बोलाएको बैठकमा स्वास्थ्यमन्त्री  गिरीराजमणि पोखरेल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, पूर्व शिक्षामन्त्री धनीराम पौडेल, केदारभक्त माथेमा, डा।भगवान कोइराला, डा।अर्जुन कार्की, मदन उपाध्याय, उमेशकान्त पोखरेलसँगै वार्ता टोलीका सदस्यहरु सहभागी थिए । गोविन्द केसीका मागहरु पूरा गर्नको लागि पहिलो अनसनदेखि ११ औं अनसनसम्म पनि नेपाली काँग्रेसका गगन थापा र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सक्रिय रुपमा लागेका छन् । 

आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्न, आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्न, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्न, चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्न, एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गर्न र आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्दै अहिले गोविन्द केसी ११ औं अनसनमा छन् । अहिले उनको दोस्रो माग पूरा गर्नको लागि डा. भगवान कोइराला नेतृत्वको टोलीले काम गरिरहेको पनि स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ