arrow

८ बुँदे निर्णय गर्दै विस्टेकको १५ औं मन्त्री स्तरीय बैठक सम्पन्न, के के भए निर्णय ? 

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
bimastac_nepal_-_Copy.JPG

काठमाडौैं । बिहीबारदेखि काठमाडौंमा सुरूभएको विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा विमस्टेक सदस्यराष्ट्रहरु नेपाल लगायत बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्र/विदेशमन्त्री एवं विदेश राज्यमन्त्रीहरु सहभागी थिए ।

बिहीबार मन्त्रीस्तरिय वैठकको प्रधानमन्त्री शेरबहादुर देउवाले होटल सोल्टीमा आयोजित एक समारोह विच समुद्घाटन गरेका थिए । सो बैठकले ८ वटा विषयमा निर्णय गरेको छ ।

उक्त मन्त्रीस्तरीय वैठकले देहायका निर्णयहरू गर्योः
१ विमस्टेक सदस्यराष्ट्रहरूविच खुल्ला व्यापार प्रवर्धन गर्न उद्येश्यले तयार गरिएको विमस्टेक खुल्ला व्यापार सम्झौता यथाशिघ्र सम्पन्न गर्ने ।
२ विमस्टेक ग्रीड इन्टरकनेक्सन स्थापना गर्ने सम्झौतामा यथाशिघ्र हस्ताक्षर गर्ने ।
३ विमस्टेक सदस्यराष्ट्रहरूवीच प्रविधि हस्तान्तरण गर्ने सम्बन्धी सम्झौतालाई यथाशिघ्र अन्तिम रूप दिने ।
४ त्यस्तै विमस्टेक सदस्यराष्ट्रहरू विच व्यापार सहजिकरण गर्ने, मोटर पारवहन लगायतका सम्झौतालाई यथाशिघ्र अन्तिम रूप दिने ।
५ आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धीमा हस्ताक्षर र अनुमोदन गर्ने ।
६ सन् २०१२ मा काठमाडौंमा सम्पन्न भएको विमस्टेक सदस्यराष्ट्रहरूका गरिवी निवारण मन्त्रीस्तरीय वैठकले पारित गरेको गरिवी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
७ विमस्टेकको कामलाई थप प्रभावकारी वनाउन स्थापना गरिने भनिएका विमस्टेक केन्द्र(विमस्टेक उर्जा केन्द्र, विमस्टेक वातावरण केन्द्र र विमस्टेक संस्कृति केन्द्र) लाई यथाशिघ्र स्थापना गरी काम संचालन गर्ने ।
८ विमस्टेकको भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रवुद्ध समुह यथाशिघ्र गठन गर्ने ।
    - यस मन्त्रीस्तरीय वैठकले विमस्टकको उच्च अधिकारीहरुको१७ औं तथा १८ औं बैठककोप्रतिवेदनहरुलाई अनुमोदन गर्यो ।
    - उक्त वैठकहरूमा विमस्टेक सचिवालयको बजेट एवं सचिवालयको प्रशासनिक तथा आर्थिक नियमहरू लगायत विमस्टेक सदस्यराष्ट्रहरू विच व्यापार तथा आर्थिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विभिन्न निर्णयहरु गरिएका थिए ।
    - यस्तै आजको वैठकमा विमस्टेकको वीसौं वार्षिकोत्सव मनाउने क्रममा विमस्टेक सचिवालय र सदस्य राष्ट्रहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको प्रशंशा गर्दै विमस्टेकका सम्बन्धमा प्रचारप्रसार गर्न अरू थप कार्यक्रम समेत आयोजना गर्ने निर्णय गर्यो ।
    - गत १६ अक्टोवर २०१६ भारतको गोवामा सम्पन्न भएको विमस्टेक सदस्यराष्ट्रका राष्ट्र/सरकार प्रमुखहरूको रिट्रिट वैठकका निर्णय र सोहि वखत पारित भएको सोह्र बुँदे कार्यान्वयन कार्ययोजनामा भएका उपलब्धिहरूको समिक्षा गर्दै उक्त निर्णयहरूको तत्काल कार्यान्वयनमा जोड दियो ।
    - नेपालले विमस्टेकका उर्जामन्त्रीस्तरीय तेस्रो वैठक सन् २०१८ को सुरूमा गर्ने प्रस्ताव गर्यो ।
    - त्यस्तै नेपालले विमस्टेकको चौथो शिखर सम्मेलन सदस्यराष्ट्रहरू सँग सल्लाह गरी सबैसदस्य राष्ट्रहरुलाई अनुकूल हुने मितिमा गर्ने प्रस्ताव गर्यो ।
    - विमस्टेकका वर्तमान महासचिव श्री सुमित नाकन्दालाको कार्यकाल समाप्त हुन गएकोले यस मन्त्रीस्तरीय वैठकले बंगलादेशका श्री सहिदुल ईस्लामलाई विमस्टेकको     महासचिवको रूपमा नियुक्त गर्ने निर्णय गर्यो ।
    - यसका साथै विमस्टेक सदस्यराष्ट्रहरू विच व्यापार प्रवर्द्धन एवं उर्जा र पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू औलाउँदै यस क्षेत्रका निजी क्षेत्रको भूमिका र     तिनीहरूविचको महत्व लगायतका विषयहरुमा प्रकाश पार्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले शुक्रबारको वैठक समक्ष एक प्रस्तुतीकरण समेत गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ