arrow

काँग्रेस संगठन विभाग प्रमुख लगायत २८ को सामुहिक राजिनामा फिर्ता

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ साउन २७ शुक्रबार
congress-123.jpg.jpeg

बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एबं संगठन विभाग प्रमुख धनराज पण्डित लगायत २८ जनाले दिएको राजिनामा  फिर्ता लिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको आकस्मिक बैठकले जिल्ला समन्वय समितिमा पार्टीको विधान बमोजिम नै  जिल्ला संसदीय बोर्डले सिफारिस गरेको  स्पष्ट पारेको छ। राजीनामा दिने पक्ष र पार्टी पदाधिकारी वीच ब्यापक छलफल भएपछि राजिनामा फिर्ता लिएको पार्टी प्रबक्ता नरबहादुर शाहीले जनाए। 

जिल्ला संसदीय र्वोडका पदाधिकारी र केही कांग्रेसका असन्तसष्ट कार्यकर्ता वीच ब्यापक छलफल भएको र छलफलमा समय अभाका कारण जिल्ला समन्वय समितिको लागि  भातृ संगठन लगायत सबैको सुझाव ग्रहण गर्ने नसकेको स्वीकारेको छ।

जिल्ला पार्टीले गरेको पत्रकार सम्मेलनमा पार्टीका गतिविधी अब अगामी दिनमा थप लोकतान्त्रिक आचरणका साथ सञ्चालन होस भन्ने हेतुले दवावस्वरुप पदबाट राजीनामा दिएका थियौं । आपसमा गम्भीर छलफल भयो । व्यक्तिबीचको तुस हुँदै हैन भातृसंगठन  र शुभचिन्तकको सल्लाह लिएन भन्ने मनसायले आगामी दिनमा यस्ता हतारमा निर्णय नहोस भन्न दवादिने हेतुले दवाव दिएका थियौं । पार्टी संगठनलार्ई थप एकढिक्का भएर अघिबढ्ने सहमती भएपछि राजीनामा हामीले सहर्ष फिर्ता लिर्यो पार्टी संगठजन विभाग प्रमुख धनराज पण्डितले पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाछन् । 

कसैले पनि पाटीबाटै राजिनामा नगरी पाटीको जिम्मेवारी पदवाट राजिनामा भनेका थियो । त्यसैलार्य पार्टीवाट बुझ्नु भएको छ भने  सच्याउन आग्रह गर्छु  संगठन विभाग प्रमुख पण्डितले पत्रकार सम्मेलनमा जानकारी गराए। 

यसैगरी शुक्रवार नै  नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले नौजना आमन्त्रीत जिल्ला कार्यसमिति सदस्य पनि मनोनित गरेको पार्टी प्रबक्ता शाहीले जानकारी दिए। आमन्त्रीत सदस्यमा विश्वराज पण्डित , मान वहादुर भण्डारी, विष्णुभक्त रेग्मी, भानोभक्त पाध्याय ,, पूर्णचन्द्र जैशी , म.गलवहादुर मल्ल, शिवे नेपाली, विरु नाथ, धनवहादुर बुढा हुन् । त्यसैगरी  नरेन्द्र रोकायाको नेतृत्वमा नौ सदस्यीय समन्वय समितिका पादाधिकारी निर्बिरोध निर्वाचित हुने पक्का भएपछि  नवनिर्वाचित पदाधिकारीलाई शनिवार बधाई तथा धन्यावद दिने निर्णय  पनि गरेको बताइएको छ ।  

विहिवार दिउसो  पार्टीको नेतृत्वलाई दववा दिनका केही कांग्रेस कार्यकर्ताले  पार्टी सभापति कविराज पण्डित समक्ष  राजीनामा पेश गरेका थिए । कतिपयले लिखित नदिएर मौखिकरुपमै राजिनामा दिन्छौं भनेर दवावदिएको वताईएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ