arrow

नवलपरासीको स्तुपामा चिनियाँ लगानी भित्र्याउने सहमती 

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
chinese_Investment.jpg

नवलपरासी । गौत्तमबुद्धको अष्ठ धातु रहेको नवलपरासीको रामग्राम स्तुपको विकास र प्रबद्र्धनका लागी चिनियाँ लगानी भित्रिने भएको छ । रामग्राम स्तुप क्षेत्रलाई लक्षित गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्न चिनियाँ पक्षबाट लगानी हुन लागेको हो । आर्थिक रुपमा लगानी गरी यस क्षेत्रका विकासका लागी चिनिया टोलीले चासो देखाएपछि  यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने निश्चित छ  ।

चीनको वेईजिङ्गमा रहेको चीन नेपाल संस्कृती आदान प्रदान केन्द्र मार्फत आएको एक टोलीले रामग्राम क्षेत्रको अवलोकन र अध्ययन गरी सकेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । विशेष गरी रामग्राम क्षेत्रलाई पुर्ण रुपमा विशेष पर्यटकीय क्षेत्रको विकास प्रबद्र्धन गर्नकालागि सो चिनियाँ लगानी भित्रिन लागेको हो । 

चीनको निजी र सरकारी क्षेत्रमा आबद्ध समुहको एक टोलीले रामग्राम स्तुपको अध्ययन अवलोकन गरिसकेकाले छ । सो टोलीले रामग्राम नगरपालिका स‘ग रामग्राम स्तुपको विकासको गुरुयोजना मागकाले ततत्काल तयार गरी सो टोलीले प्रदान गरिने नगर प्रमुख गुप्ताले जानकारी दिए ।

यसकालागि चिनको वेईजिङ्गमा रहेको चीन नेपाल संस्कृति आदान प्रदान केन्द्र मार्फत सो टोलीले केही महिना भित्र रामग्राम नगरपालिकाको एक टोलीलाई आवश्यक सम्झौता पत्रमा हस्ताक्षर गर्न चिनियाँ बोलाउने तयारी भएको नगर प्रमुख गुप्ताले जानकारी दिए । सो क्रममा टोली स‘ग रामग्राम नगरपालिकालाई अन्तराष्ट्रिय सम्बन्ध जोड्ने सन्दर्भमा नगर क्षेत्रलाई समुचित ढ‘गबाट विकास र त्यसमा लगानी गरी रामग्राम स्तुप क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा चुनाउने विषयमा छलफल भएको थियो  ।

चीनको निजी र सरकारी क्षेत्रका व्यक्तिहरु सहभागी चिनियाँ टोलीले रामग्राम स्तुपको प्रबद्र्धन विकास लागि चासो देखाएकाले नगर पुर्ण रुपमा सकारात्मक भई सहयोग गर्न लागि परेको रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुंवरले जानकारी दिए  ।

छनौट पश्चात सो कम्पनीले ति पर्यटकीय क्षेत्रमा आर्थिक लगानी देखी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा कसरी विकास गर्न सकिन्छ सम्पुर्ण लगानी सहित सबै काम चिनियाँ पक्षले गर्नेछ । रामग्राम स्तुपको विकास र प्रबद्र्धन लागि चिनिया टोली लगानी गर्नु खोज्नु निकै प्रभावकारी काम  भएकाले यसका लागी आवश्यक सबै प्रशासनीय कार्य तत्काल अघि बढाउने रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिए  ।

यसको समन्वय र सहकार्यकालागी चिनको वेईजिङ्गमा रहेको चीन नेपाल संस्कृती आदान प्रदान केन्द्रले गरिरहेको छ । नेपालमा विभिन्न पर्यटकीय क्षेत्रका विकासका गतिविधी अघि बढाउने सो केन्द्रले अहिले नेपालमा केही पर्यटकीय स्थानहरुलाई छनौट गदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ