बाढीले विराटनगरको जनजीवन अत्यन्तै नाजुक, टेलिफोन सेवा समेत अवरुद्ध
प्रकाशित २०७४ साउन २८ शनिबार
568
Shares
काठमाडौं । अबिरल वर्षा पछि बिराटनगरको केशलीया नदी र बूढीखोलामा आएको बाढीका कारण बिराटनगरको अवस्था अत्यन्तै नाजुक बनेको छ। बाढीका कारण अहिले विराटनगरमा सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । अहिले पूरै बिराटनगर सम्पर्क बिहीन बनेको छ।
टेलिफोन सम्पर्क विच्छेद भएकोले क्षतीको बिवरण प्राप्त हुन सकेको छैन। अहिले काठमाडौंबाट बिराटनगरका लागि तय भएका सबै उडानहरू बन्द गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । राज्यका तर्फबाट उद्धारकार्य प्रभावकारी ढंगले हुन नसकेको गुनासो स्थानीयको छ।