arrow

बाढीले रुहायो २ नं प्रदेश, जनजीवन निकै प्रभावित 

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
badhi_2_province.jpg

काठमाडौं । प्रदेश नं २ मा पर्ने जिल्लाहरुमा भीषण वर्षाका कारण जलमग्न र अस्तव्यस्त भएपछि जनजीवन प्रभावित भएको छ । प्रदेशको रौतहट, सर्लाही लगायत तराई मधेसका जिल्लाहरुमा अविरल परेको बर्षाका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको हो ।

यसरी प्रदेश नं २ बाढीले अस्तव्यस्त बनेपछि सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताएका छन् । भीषण बर्षाका कारण सडक, पुल जताततै बाढी पसेर घरहरु समेत भत्कीइ तराई मधेसका जनताहरुको विचल्ली समेत भएकाले आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री साहले बताए । ‘बाढीका कारण रौतहट सर्लाही लगायत तराई मधेसका जनताको विचल्ली भएको छ’ मन्त्री साहले भने, ‘यस विषयमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु् ।’

‘जनताहरुको घर–घरमा बाढी पसेर खाद्य सामग्री र लत्ता कपडा भिजेका छन् भने प्रभावित क्षेत्रमा पानीनै पानी छ’ मन्त्री साहले भने, ‘जनताहरु डुवानमा भएकाले सरकारले उद्धारको कार्यलाई अगाडी बढाउन ढीला गर्नु हुदैन ।’ त्यसैले आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाई रहेको थियो । मन्त्री साहले उद्दार र राहतको कार्यलाई तत्कालै अगाडि बढाउन जिल्लास्थित सरकारी निकायलाई निर्देशन दिइसकेको बताए । उनले यस प्रकारको विपत्तिमा जनता–जनता, समुदाय–समुदाय समेतले एक अर्काको सहयोग गर्नुपर्ने बताए । प्रत्येक व्यक्तिको सतर्कता र सक्रियता आवश्यक रहेकोमा उनले जोड दिए ।

तराई मधेसका अधिकांश जिल्लाहरुमा वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । ‘एकातर्फ भएका लत्ताकपडा, खाद्यान्न भिजेका छन् भने अर्कातर्फ पानी पर्न रोकिएको छैन, स्थिति एकदमै अप्ठेरो छ, जनताहरु पीडामा छन् ।’ साहले भन्नुभयो ‘यसै विषयमा मैले प्रधानमन्त्रीसंग गम्भीर रुपमा कुरा गराएको छु ।’

उनले बाढी र डुवान पीडित जनतालाई अलपत्र हुन नदिने दृढता व्यक्त गरे । सरोकारवाला निकायलाई एकीकृत रुपमा तत्काल आम जनतालाई राहत दिन आग्रह गरेको जानकारी दिँदै उनले सरोकारवाला निकायको गम्भिरता आवश्यक रहेको बताए । बाढी र डुवानका कारण विचल्लीमा परेका जनतालाई सुरक्षित बनाउन सबै निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताउँदै उनले त्यसै अनुरुप अघि बढ्न आवश्यक रहेको बताए ।

जनताको जीवनरक्षा मुख्य
बाढी र डुवानमा परेका जनतालाई राहत दिनु पहिलो कुरा भएको मन्त्री साहको भनाई रहेको थियो । उनले उद्दार र राहतको कार्य लम्बेतान प्रक्रियामा लाग्न नहुनेमा जोड दिए । जनताको जीउ धनको रक्षा गर्न सकिए अरु कुरा मिलाउँदै जान सकिने बताउँदै जनताको जीउ धनको रक्षा पहिलो कुरा भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ