arrow

सुनसरीमा १२ स्थानीय तह मध्य ११ डुबानमा, सीडीओ सावका गुनासै-गुनासा

८ को मृत्यु

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
morang-badhi-kumud-,.jpg.jpeg

इटहरी । सुनसरीमा एक नगरपालिका बाहेक सबै डुबानमा परेको छ । १२ स्थानीय तहमध्ये एउटा मात्रै नगरपालिका डुबानबाट जोगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

एउटा उपमहानगरसमेत रहेको इटहरीमा डुबान भएपछि टेलिफोन सम्पर्कमा समेत वाधा सिर्जना भएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार धरान नगरपालिका बाहेक सबै  स्थानीय तह डुबानमा परेका छन् ।

उनले भने, ‘उद्धारको कामको त कुरै छोडौँ । एउटा नगरपालिका मात्रै बाँकी रहेको छ । राजमार्गमै पानी चढेपछि बस्तीको बिचल्ली त हुने भइहाल्यो ।’ सुनसरीमा अहिलेसम्म ८ जनाको मृत्यु भएको खबर आएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । उनले भने, ‘८ जनको मृत्यु भएको खबर आएको छ । त्यसको पनि पूर्ण जानकारी आएको छैन । टेलिफोन सम्पर्क छैन । कतै निस्कन सक्ने अवस्था पनि छैन ।’

डुबानपछि स्थानीयहरु विद्यालय, स्वास्थ्यचौकी लगायतका संरचनातिर ओत लागिरहेका उनले बताएका छन् । आपतकालिन राहत सम्म पुनि दिन सकिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ