बाढी अपडेट : पहिरोका कारण मुलुकका कुन् कुन् राजमार्ग अवरुद्ध छन् ?
प्रकाशित २०७४ साउन २९ आइतबार
632
Shares
काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन्। ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार विहान ८ बजेसम्म पहिरोको कारण मुलुकका ६ वटा राजमार्गमा क्षतिपुगेका कारण राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको कालिखोलामा झरेको पहिरोका कारण मुग्लिg नारायणगढ सडकखण्ड हुँदै चल्ने सवारी पूर्ण रुपमा प्रभावित भएका छन् । उक्त सडकखण्ड भएर चल्ने सवारी साधन यतिबेला मुग्लिन, आबुखैरेनी र जुगेडी तथा रामनगरमै रोकिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, धादिङ्गको तिघ्राखानी, झिङ्गाने डाँडा, र ज्यामिरे डाँडामा पहिरो झरेका कारण सवारी आवागमन अवरुद्ध भएको छ भने सिद्धार्थ राजमार्ग अन्तर्गत् पाल्पाको तिनाउ गाँउपालिका ५ चौबिस माईलमा गएराती झरेको पहिरोका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
उता, पहिरोकै कारण महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्नेमा हिजैबाट सवारी आवागमन अवरुद्ध भएको छ । दाउन्ने मुख्य सडक भासिएको कारण सवारी आवागमन अवरुद्ध भएको हो ।
पहिरोका कारण दक्षिणकाली-कुलेखानी-सिसनेरी, फाखेल- इनद्रसरोवर, पालुङ - वाघधुरा रुट भएर चल्ने सवारीहरुको आवागमन पुर्ण रुपमा प्रभावित भएको छ । वर्दिबासमा पनि पहिरो झरेका कारण विपी राजमार्ग भएर चल्ने सवारी साधन चल्न सकेका छैन् ।