arrow

सिराहा र धनुषामा रोकिएन बाढीको बबण्डर, प्रशासन अझै अलमल

दैवीप्रकोप उद्दार समितिको बैठक बोलाउनै भ्याउँदैनन् प्रजिअ

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
saptari-badhi.jpg

काठमाडौं । प्रदेश नं २ का जिल्लाहरु डुवानमा परेपनि अहिलेसम्म बाढी पीडितले उद्दार तथा राहत पाउन सकेका छैनन् । सिराहा जिल्लाको लहान, मिर्चिया मिर्चिया, गोलबजार र सिराहा नगरपालिका अहिले डुबानमा परेको छ । जिल्लाबाट चल्ने कुनैपनि छोटो तथा लामै दूरीका सवारीहरु अहिले चल्न सकेका छैनन् । विद्युत सेवा पूर्ण अवरुद्ध छ भने विशेषगरी सिराहाको विभिन्न ठाउँमा रहेका दलितबस्तीहरु अहिले डुवानको उच्च चपेटामा परिरहेका छन् । 

सिराहाबाट पत्रकार रामबाबु यादवले दिएको जानकारी अनुसार अहिलेसम्म प्रशासनले कुनैपनि राहत र उद्दारको काम गरिरहेको छैन । रेडक्रसलाई पठाईएको भनिएको छ तर त्यो टोलीले पनि प्रभावकारी रुपमा काम गर्न सकिरहेका छैनन् । अहिले बाढीपीडितहरु अरुको घरमा अश्रय लिएर बसिरहेका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ अहिलेसम्म त्यस्तो ठूलो विपद् आईनसकेको बताउँछन् । उनले अहिलेसम्म जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक बस्न नभ्याएको भन्दै आज बोलाउने तयारी भईरहेको बैठक पनि भोलिसम्मलाई सार्ने सम्भावना रहेको बताए । उनको यो कुरा बुझ्दा पनि स्पष्ट हुन्छ कि त्यहाँ सरकार आफैं अलमलमा परिरहेको छ । उद्दार हुन सकेको छैन । 

उता, धनुषा जिल्लामा पनि डुवानको उच्च जोखिम कायमै छ । धनुषाबाट पत्रकार राजनकुमार सिंहले दिएको जानकारी अनुसार अहिले उपमहानगरपालिकाको १ नं र १६ नं वडा जोड्ने पुलको माथिबाट समेत पानी बग्न थालेपछि त्यो पुलमा खतरा सूचक रातो झण्डा गाडिएको छ । प्रत्येक घरघरमा दुईफिटसम्म पानी जमेको छ भने अहिले कोही अग्ला करमा त कोही पानीमा नै भिजेर बस्न बाध्य भएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईँले अहिले १ बजे दैवीप्रकोप उद्दार समितिको बैठक दिउँसोको लागि बोलाएको बताएका छन् । उद्दार गर्न खोज्दा पनि कोही गाईबस्तु छ भन्ने त कोही घर चोही हुन्छ भन्दै कतै जानै नमान्ने गरेकोले समस्या भएको बताए । उनले अहिले आफू पनि निरीक्षणको लागि बाहिर गएको बताउँदै राहत दिनुपर्ने घरपरिवारको लागि राहत तयारी अवस्थामा रहेको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ