arrow

अविरल वर्षाका कारण झापामा पाँच जनाको मृत्यु

१ हजार १ सय ९६ पविार विस्थापित

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
flooded-Kankai-River-in-Jhapa.jpg

काँकडभिट्टा  । तीन दिनदेखि परेको अविरल वर्षाका कारण झापामा आइतबारसम्म पाँच जनाको मत्यु भएको छ ।  नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन झापा शाखाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ की ३५ वर्षीया धनमाया घोरसाइने र उनकी छोरी, सोही गाउँपालिका वडा नं ७ की कमला दर्लामी, शिवसताक्षी नगरपालिका–१ का लेखनाथ पाण्डे, केचनकवल गाउँपालिकाका वडा नं ३ का २२ वर्षीय राम राजवंशी छन् ।

त्यसैगरी झापाका कनकाई, विरिङ, रतुवा, अन्धुवा खोला, मेची र नन्दा खोलामा आएको बाढीका कारण एक हजार १९६ घर पविार विस्थापित भएका छन् ।

उनीहरुलाई उद्धार गरी नजिकै रहेका स्कुल, प्यार्टी प्यालेस र सार्वजनिक भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

उनका अनुसार आज बिहानैदेखि झापाको भद्रपुर नगरपालिकास्थित भैसाबाडी, झापा गाउँपालिका र डाँगीबारीमा नेपाली सेनासहितको टोलीले डुङ्गाबाट बाढीपीडितको उद्धार भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ