arrow

शरणार्थी शिविरमा फैलिएको हैजाबाट दशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष २५ शनिबार
vascin.jpg.jpeg
नैरोबी । केन्यामा रहेको सोमालियाली नागरिकको शरणार्थी शिविरमा फैलिएको हैजाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । केन्याको नैरोबीमा सोमालियाली नागरिकको शरणार्थी शिविर रहेको छ । सो शिविरलाई विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरका रुपमा लिइन्छ ।  गएको नोभेम्बर महिनामा हैजाको प्रकोप फैलिएको थियो । सो प्रकोपका कारण अहिलेसम्ममा १० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । नैरोबीको उत्तरपूर्वी क्षेत्र दबाबमा सोमालियाली शरणार्थीहरुको बसोबास छ । सो शिविरमा करिब तीन लाख ५० हजार सोमालियाली नागरिक बस्ने गरेका छन् । 
 
उक्त शिविरको रेखदेख गर्ने गरेका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआरका अधिकारी युशुफ अहमदले सो जानकारी दिएका छन् । ती अधिकारीले सहायताकर्मीहरुको सहयोगमा उक्त प्रकोपको नियन्त्रणको प्रयास जारी रहेको जानकारी पनि दिएका छन् । उक्त शिविरमा धेरै सङ्ख्यामा नागरिक भएकाले खानपानमा सरसफाई हुन नसकिरहेको तथा बसाई नै अत्यन्तै अव्यवस्थित पनि भएकोले यस्तो खतरा उत्पन्न भएको उनले जानकारी दिए । उनका अनुसार उक्त शिविरमा सरसफाइको काम थालिएको छ र शरणार्थीहरुलाई पहिलो चरणमा सावुन र सफा पानी वितवरणको व्यवस्था मिलाइएको छ । 
 
यस अघि पनि सो शिविरमा हैजाको प्रकोप फैलिएको थियो । त्यसका कारण कैयौँ नागरिकको ज्यान गएको थियो । विशेषगरी निकै नै साँघुरो बसाई र सरसफाइका लागि न्युनतम वातावरण पनि नबनाउँदा यस्तो अवस्था आएको विगतमा पनि शरणार्थीको रेखदेखमा खटिएका राष्ट्रसंघीय शरणार्थी अधिकारीहले जनाएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ