arrow

पहिरोमा परी एकै परिवारका सातको मृत्यु, सवारीको कन्तविजोग

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
hetauda.jpg

हेटौँडा । पहिरोमा परी मकवानपुरमा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।  बकैया गाउँपालिका –१० पहिरोले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीय बुद्ध लामाले जानकारी दिए ।

पहिरोमा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकासको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरको उत्तरी क्षेत्रमा पालुङ क्षेत्रको बाटो मात्र सञ्चालनमा छ । हेटौँडाबाट काठमाडौँ जानका लागि सोबाहेक अन्य मार्ग उत्तरी क्षेत्रमा खुला छैन । सिस्नेरी, ज्यामिरे तथा फाखेलको बाटो अवरुद्ध छ चुरेमा पनि बाटो बन्द छ । प्रहरीका अनुसार भीमफेदी गाउँपालिकाको बागझोरामा आएको बाढीका कारण एकतर्फी मात्र बाटो सञ्चालन गरिएको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा विहान बजेतिर बाघथलीमा खसेको पहिराका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पहिराका कारण सवारी आवागमन अवरुद्ध भए पनि अहिले बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेटौडा नगरपालिका ६ र ७ को सिमानामा रहेको खहरेको स्ल्याप भसिदा दुई सवारी फसेका छन् ।  त्यसैगरी, मनहरी गाउँपालिका–५ वसन्तपुर र दिल्लीपुरमा अविरल वर्षाका कारण राप्ती नदीमा बाढी आएसँगै यहाँका बस्ती डुबानको खतरामा परेका छन् । अहिले गाउँमा विद्युत् अवरुद्ध छ ।

खोला किनारमा स्ल्याब गरिएका र बाँधिएका बाँध राप्ती नदीले बगाउँदै लगेको छ । राप्ती नदी किनारमा अवस्थित राई बस्ती, दमार र नयाँगाउँ बाढीको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

मनहरी गाउँपालिकाका हाँडीखोला, रमौली प्रतापपुरलगायत गाउँ डुबानमा परेको छ । बाढीका कारण रजैयादेखि आल्दमारसम्म जाने करिब छ किमी बाटो बगाएको हो । त्यस्तै मनहरी – ४ मसिनेमा हरि विष्टले पोखरी बनाई पालेको पाँच लाख बराबरको माछा पोखरीसहित बाढीले बगाएको छ ।

पहाडी क्षेत्रसँगै हेटौँडा उपमहानगरपालिकाका केही वडा पनि डुबानमा परेको छ । हेटौँडा–४ गर्दोइ र कर्रा, हेटौँडा– ५ पिप्ले र हेटौँडा– ६ चौगडामा कर्रा खोला पसेर डुबानमा परेको छ । राप्ती खोलाले हेटौँडा–११ का केही बस्ती जोखिममा पारेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ