काठमाडौं । बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा ४९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले पछिल्लो दुई दिनयता बाढीपहिरोका कारण मृत्यु हुनेहरुको संख्या ४९ पुगेको जनाएको छ ।
आइतबारदिउँसोसम्मको विवरण ४९ जनाको मृत्यु भएको र १७ जना बेपत्ता रहेको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका प्रमुख शंकरहरि आचार्यले जानकारी दिए ।
गृहमन्त्रालयका अनुसार सुनसरीमा सबैभन्दा बढी ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण देशभर ३ सय बढी घरमा क्षति पुगेको पनि गृहका अधिकारीहरुले बताएका छन् । कयौँ परिवार विस्थापित भएका छन् । गृहले मृत्यु हुनेको संख्या थोर बताएपनि पूर्वी तराईका अधिकांश स्थानमा सम्पर्क नै हुन नसकेका कारण विवरण ढिलो गरि आइरहेको बताइएको छ ।