arrow

ओली नभएपछि रोकियो डा. केसीको अनसन तोडाउने सरकारी प्रयास

ओली मुस्ताङतिरै

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
PM-_baluwatar1.jpg

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङ गएका कारण डा. गोविन्द केसीको अनसन तोडाउने सरकारी प्रयास फेरि विफल भएको छ ।

डा. केसीले उठाएका अन्य सबै मागमा काँग्रेस र माओवादी केन्द्र सकारात्मक भए पनि एमाले अध्यक्ष ओली मुस्ताङ गएको र मनमोहन मेडिकल कलेज सरकारी स्वामित्वमा ल्याउन एमाले तयार नभएका कारण अनसन तोडाउने सरकारी प्रयास विफल भएको बताइएको छ ।

डा. केसीको अनसन तोडाउने विषयमा गृहकार्य गर्न बसेको सत्तारुढ दल, स्वास्थ्य सचिव, शिक्षा सचिव र सकारी बार्ता टोलीको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले डा. केसीका सम्पूर्ण माग जायज र गम्भीर प्रकृतिका भएकाले यथाशिघ्र माग पूरा गरेर जीवन रक्षा गर्न प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराए ।

सरकार डा. केसीले उठाएको काठमाडौंमा दस वर्ष मेडिकल कलेज नखोल्ने, एलओआई दिएका र पूर्वाधार बनेका मेडिकल कलेज पनि सञ्चालन नगर्न सकारात्मक भएपनि एमालेले सञ्चालन गरेको मनमोहन मेडिकल कलेजका विषयमा कुरा अड्किएको हो।

केसीले मनमोहन मेडिकल कलेज नेपाल मेडिकल कलेजलाई बेच्नुपर्ने माग राखेकोमा त्यसमा देउवा र दहाल सहमत छन् । यद्यपि, एमाले त्यसलाई स्वीकारेको छैन । एमाले नमान्दा अनसन लम्बिएको छ। बैठकमा दाहालले सबै कुरा छोडेर केसीको जीवन रक्षा गर्नुपर्ने र त्यसमा सबै पार्टीहरु सहमत हुनुपर्ने बताएका छन् ।

ओली मुस्ताङ रहेको र मनमोहन मेडिकल कलेजमा एमाले नेताहरुले अडान लिएका कारण डा. केसीको अनसन तोडाउने प्रयास असफल भएको हो। शनिबार मात्रै ओलीले जोमसोममा हावााबा निकालिने विजुलीको उद्घाटन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ