काँग्रेस सांसद् रामहरि खतिवडाको घोषणा, ‘एक महिनाको तलव बाढीपीडितलाई दिन्छु’
प्रकाशित २०७४ साउन २९ आइतबार
560
Shares
काठमाडौं । नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले विगत दुईचार दिनदेखि भइरहेको अविरल वर्षाको कारण नेपालका विभिन्न भागहरुमा आएको बाढीपहिरोबाट पीडित भएकाहरुलाई आफ्नो एक महिनाको तलव दिने घोषणा गरेका छन् । सांसद् खतिवडाले बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको प्रति दुख व्यक्त गर्दै दुःखको यस घडीमा सबै नेपालीलाई यथाशक्य सहयोग गर्नको लागि हार्दिक अपिल गरेका छन् ।
उनले संविधानसभा निर्वाचनमा निर्वाचित भएदेखि नै आफूले पाउने तलब र अन्य सुविधा आफ्नो जिल्लाका विभिन्न गा.वि.स., विद्यालय, गरिब दीनदुःखी तथा भूकम्पपिडितलाई दिँदै आएको बताउँदै अहिले पनि आफ्नो एक महिनाको तलब वापतको रकम बाढीपिडितलाई दिने घोषणा गरेका हुन् । साथै, मतृक तथा पिडित परिवारलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकारसँग उनले अनुरोध पनि गरेका छन् ।