arrow

चितवनमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, एक जना बेपत्ता

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
chitwan-tourist.JPG

चितवन । अविरल वर्षापछि यहाँ आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

रानामगरलाई पम्फा खोलाको बाढीले बगाएर, फूलमतीको घर ढलेपछि थिचेर र कमलबहादुरको स्थानीय बारवाङ् खोलाले बगाएर मृत्यु भएको हो । 

यस्तै, बाढीमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका–७ की कमला नेपाली रहेकी छिन् । 

उनी आफ्नै घरले थिचेर घाइते भएकी हुन् । घाइते नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बाढीको जोखिममा रहेका दुई हजार ९५७ जनाको उद्धार गरिएको छ । 

उनका अनुसार बाढीमा परी २१ घर पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ५३४ घर डुबानमा परेका थिए । 

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै राप्ती, बूढीराप्ती, रिउ, कयर, लदरी लगायतका खोलामा आएको बाढीले जनधनको क्षति बनाएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ