arrow

सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुग्यो

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
sunsari.png

इटहरी । बाढीको चपेटामा परी सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रमा मात्रै आठ जनाको मृत्यु भएको छ।

बुढी खोलामा आएको बाढीले इटहरी ४ का तीन वर्षीय बालक रुपेश राई, आठ बर्षीया बालिका रुपसनी राई, इटहरी ४ नम्बर वडाकै ४० वर्षीय ईश्वर सुनवार, ३० वर्षीया माला साह, उनकी १० वर्षीया छोरी सिठीको मृत्यु भएको बताइएको छ । यस्तै,  १० नम्बर वडाकी ३५ वर्षीया अनिता धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

 बाढी बगाउँदा बेपत्ता भएकी इटहरी –४ कै आशादेवी राई मोरङको निमुवामा मृत फेला परेकी छन्। बाढीले गर्दा एक जना भिखारीको इटहरीकै तरहरामा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बाढीले बगाएर वेपत्ता भएका भोक्राहा –४ का २२ बर्षीय उपन मण्डलको सोमबार दिउँसो शव फेला भेटिए । बगाएर बेपत्ता भएका उनको शव नजिकैको बासघारीमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इनरुवा वडा नम्बर ९ का विश्वेश्वर खत्वेका १० वर्षीय छोरा कृष्णको पनि मृत्यु भएको छ । कृष्ण घर नजिकै पानी जमेको स्थानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ