arrow

आफ्नै सहकर्मीमाथि गोली बर्साएर मारे नेपाली सैनिकलाई 

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Bullet_Fire.jpeg

पोखरा । कास्कीको पोखरामा एक सैनिकले गोली हानेर आफ्नै सहकर्मीको हत्या गरेका छन् । 

मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानेको प्रहरीले जनाएको छ ।

दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण लोहारले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ