arrow

नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Wang-Yang-and-Krishna-Bahadur-Mahara.jpg

काठमाडौं । नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा तथा नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको उपस्थितिमा नेपालको तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौतामा भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्तै, खानी सम्बन्धी विषयमा नेपालमा अध्ययन अनुसन्धान गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउने सम्बन्धी विषयमा समझदारी भई हस्ताक्षर भएको हो । यसरी आउने लगानी पूर्वाधार, सडक र विद्युतसँगै कृषि र उत्पादनमा समेत खर्च गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ