arrow

कमलुलाई बगाएको तस्वीर देखाइदिएपछि घण्टौँ रोए गोविन्द केसी

बाढीको विपद्लाई ध्यान दिई अनसन तोडाउने प्रयास हुँदै

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Dr.jpg

काठमाडौं। चिकित्सा क्षेत्रको सुधारको माग राखेर ११औँ सत्याग्रह छेडेका डा. गोविन्द केसी अचेत हुन थालेका छन्। केही दिन देखि लगातार परेको वर्षा र बाढीले उपद्रो गरेको खबर समेत राम्ररी थाहा थिएन केसीलाई।

केही दिन पहिले आन्दोलनमा उत्रिएका चिकित्सकलाई विरोध छोडेर बाढी पहिरोग्रस्त क्षेत्रमा जान भन्न भ्याएका डा.केसीले बाढी–पहिरोको उपद्रो भने सुन्न पाएका थिएनन् । उनलाई सहयोगिहरुले समाचार सुनाएका थिएनन् ।

यद्यपि, सोमबार दिउँसो केसीलाई कसैले सप्तरीको कोइलाडी– ६ का ५ वर्षीय बालक कमलु सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर देखाइदिए । डा. केसी बोल्न सक्दैनन् । तर, घण्टौ रोए । डा. केसीका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका डा. अभिषेकराज सिंहले हाम्राकुरासँग भने, ‘म सोमबार साँझ डाक्सावको कोठामा छिरेर नाडि छाम्न भ्याए । मैले उहाँलाई केही भन्न खोजे । तर, उहाँ बोल्न सक्नु भएन । सासले मात्रै उहाँले देशमा यस्तो विपद आइलागे छै है भन्नु भयो ।’

डा. सिंहले अगाडि भने, ‘कसैले दिउँसो सप्तरीमा बालकलाई नदिमै बगाएर अन्तिम संस्कार गरेको तस्वीर देखाईदिए छन् । उहाँ निकै बेर रुनु भयो । रुन छोड्नु भएन ।’ होस हराउने गरेका कारण उहाँले समाचार सुन्न पाउनु भएको थिएन, डा. सिंहले अगाडि थपे, ‘बालकको तस्वीर देखेपछि निकै रुनु भयो ।’

यूरोपियन प्रेस फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले कमलुको तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले विरामी भएका सदाको आइतबार मृत्यु भएको थियो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई काका देवकुमार सदाले बगाइदिए । देवकुमार चुपचाप बोकेर गए । चुपचाप बगाए फर्किए ।
 

बाढीको विपद्लाई ध्यान दिई अनसन तोडाउने प्रयास हुँदै
डा. सिंहले भनेका छन्, ‘विपद्लाई ध्यान दिई डाक्सावलाई उठाउन मनसाय बनाएका छौँ । तर, उहाँले मानिरहनु भएको छैन । आइसीयूमा राख्नु पर्ने अवस्थामा पनि उहाँले मानिरहनु भएको छैन ।’

मैले प्रस्ताव राखे उहाँले मान्नु भएन, डा. सिंहले भने, ‘बाढी पीडितको उपचारका लागि भएपनि उहाँलाई उठाउनु पर्छ भन्ने हो । होस पनि छैन । देशमा यस्तो अवस्था छ ।’ अवस्था निकै जटिल रहेकाले उहाँलाई हामीले बोलेको कुरा समेत बुझ्न कठिनाई भइरहेको छ । बुझाउन सकियो भने हामी बाढी पीडितका लागि भएपनि अनसन रोक्न आग्रह गर्छौँ ।’

आन्तरिक छलफलमा रहेका सत्ताधारी दलहरु र प्रधानमन्त्रीबीच अनसन तोडाउने सहमति भए पनि केसीको वार्ता टोलीसँग छलफल हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ