arrow

ग‍ृहमन्त्रीले भने- बाढी–पहिरोले १११ को मृत्यु

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
janardan_sharma1.JPG

श्रावण । बाढी–पहिरोले देशका विभिन्न स्थानमा १११ को मृत्यु भएको भएको छ । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई–मधेसका जिल्लामा मृत्यु भएकाहरुको विवरण दिएका हुन् ।

मंगलबार बसेको व्यवस्थापिका–संसद् बैकमा उनले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताए ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख र घर मर्मत गर्न दश हजार रुपैयाँ वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गरे ।  ‘सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ, उनले भने ।

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ