arrow

डा. केसीको अनसन तोडिने निश्चित

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
govinda-k-c.jpeg

काठमाडौं । ११ पटक सत्याग्रह छेडेका डा. गोविन्द केसीको अनसन तोडिने निश्चित भएको छ  । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीका मागबारे ससकारले मन्त्रिपरिषदबाट निर्णय लिएपछि अनसन तोडिने निश्चित भएको हो ।

सरकारले आफ्नो तर्फबाट पूरा गर्न सक्ने माग पूरा गरेको खण्डमा अहिलेको राष्ट्रिय विपदलाई अवस्थालाई ध्यानमा राखी अनसन स्थगित गर्ने तयारी भएको छ । सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार नै चिकित्सा शिक्षा विधेयक पास गर्ने र मनसायपत्र लिइसकेका मेडिकल कलेजका हकमा ‘आवश्यक परे खरिद गर्ने’ सहमति जनाएपछि केसी अनसन निष्कर्षतर्फ बढेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कारण केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट पारित नभएपछि केसीको माग पूरा गर्न सरकार समेत असफल भएको थियो ।

आइओएममा तत्काल डिनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्न, आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्न, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नलगायत माग राखेर डा. केसी ११ औं अनसनमा छन् ।

त्यसमध्ये सरकाले सहायक डिन नियुक्त गर्ने, त्रिविका पदाधिकारीहरुको अधिकारको सम्बन्धमा पनि अधिकार फिर्ता गरिदिने र माथेमा आयोगको प्रतिवेदन अनुसार जसरी पनि ऐन तयार पार्ने प्रतिवद्धता पत्र गोविन्द केसीलाई दिने तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ