arrow

एमाले सांसदको तलब पनि बाढी पीडितलाई

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं  । प्रमुख विपक्षी एमालेले समेत सबै सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी र पहिरो पीडितलाई राहत दिने भएका छन् । एमाले संसदीय दलको बैठकले बाढी–पहिरोपीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद भवनमा  मंगलबार बसेको दलको बैठकले बाढी–पहिरोबाट ज्यान गुमाएहरुका परिवारलाई प्रतिमृतक रु पाँच लाख प्रदान गर्न सरकारसित मागसमेत गरेको छ ।

बाढी–पहिरो पीडितको उद्धार, खोज, पुनःस्थापना, राहतलगायत कार्यक्रम तुरुन्त ल्याउन पनि सरकारसित माग गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

बैठकले भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका कारण नेपाली भूभाग डुबानमा परेको जनाइ सोबारेमा अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन सरकासित माग गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ