arrow

पहिरोबाट ज्यान गुमाएका विक परिवारलाई राहत सामाग्री प्रदान

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
BK_panchthar.JPG

पाँचथर । केहि दिन अघि पहिरोले किचेर मृत्यु भएका पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ३ स्थित एकतिनको चुक्पादिनका त्रिलोचन विकका परिवारलाई जनसेवा समाज पाँचथरले राहत सामाग्री स्वरुप भाडा वर्तनका सामाग्रीहरु प्रदान गरेको छ ।

विकको फिदिम ४ मा रहेको घरमै गई भाडा वर्तन र लत्ताकपडाका सामाग्री वितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । उनीहरुलाई सिरक, डस्ना, तन्ना, सिरानी, गाग्री, थाल लगायतका सामाग्रीहरु प्रदान गरिएको उनले बताए । विकको गत साउन २७ गते घरमाथि बाट आएको पहिरोले किचेर मृत्यु भएको थियो ।

राहत सामाग्री वितरण कार्यमा उद्योग वाणिज्य संघ पाँचथरका जिल्ला अध्यक्ष मित्र प्रसाद काफले, सहयोगी आँखाका अध्यक्ष कमल थपलिया, इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी, मितेरी एफ.एमका अध्यक्ष लक्ष्मी गौतम, बिएसी एफ.एमका स्टेशन म्यानेजर सरोज शर्मा, मेची पोष्टका प्रदान सम्पादक लेखनाथ खतिवडा, लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ