arrow

भौतिक पूर्वाधार मन्त्री बलायर भन्छन् –संविधान संशोधन गर्न एमालेलाई सहमत गरायौं 

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
balayar.jpg

हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमत गराएको बताएका छन् ।  

उनले नेपाली काँग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई बिहीबार बिहान सम्बोधन गर्दै आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्ध भई अघि बढेको उल्लेख गर्दै नेपाली काँग्रेसका कार्यकर्ताले कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुग्नुपर्दछ भने । 

मन्त्री बलायरले राष्ट्रलाई संकट पर्दा प्रमुख प्रतिपक्षले पनि आफ्नो दलगत स्वार्थलाई त्यागेर राष्ट्रवादी भावना व्यवहारमा पनि देखिनुपर्ने स्पष्ट पारे । 

सो कार्यक्रममा नेपाली काँग्रेस, मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद लामिछाने र कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जिल्लामा भइरहेका विकास निर्माणको गतिविधि र पार्टी संगठनलाई चुस्त बनाउन जिल्ला समितिले गरेको निर्णयलाई जनताको घरदैलोमा पुर्‍याउन कार्यकर्ता एकजुट हुुनुपर्ने धारणा व्यक्त गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ