arrow

हेटौँडामा राप्रपाको बैठक, के हुँदैछ छलफल ?

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
RPP-N111.jpg

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचन, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषयमा छलफल भइरहेको छ  ।

यस्तै, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए ।

पार्टीको विभाजनलगत्तै हेटौँडामा सञ्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाले बताएका छन् । पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सो बैठकमा भाग लिन  हेटौँडा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ