- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नवलपरासीको सुस्तामा रहेको भारततर्फ पानी लगेको बाँध भत्काउन हिँडेका स्थानीयलाई प्रशासनले रोकेको छ । आक्रोशमा आएर कुनैपनि काम गर्न नहुने भन्दै स्थानीयलाई आफूहरुले रोकेर राखेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।
‘भत्काउनु पर्ने भन्दै बाँध तर्फ अघि बढेका स्थानीयलाई हामीले रोकेर राखेका छौं ।’ उनले हाम्राकुरासँग भने ‘अहिले हामी सबै पक्षलाई एकैठाउँमा राखेर वार्ता गर्दैछौं ।’ उनले स्थानीय र भारतीय पक्षसँग अहिले वार्ता गर्नको लागि भारतीय पक्षलाई पनि बोलाईएको स्पष्ट पारे ।
उनका अनुसार त्यही बाँधका कारण केही दिन अघि नवलपरासी डुवानमा परेको भन्दै उनीहरु आक्रोशित बन्न पुगेका थिए । उनीहरुलाई पश्चिम गण्डक नहरभन्दा केही पर रोकेर राखिएको छ ।