arrow

प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गर्न निर्वाचन आयोग राजी, शनिबार मिति घाेषणाकाे तयारी

मंसिर ४ गतेलाई मिति तोक्न आयोगको प्रस्ताव

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
election_commission.jpg.jpeg

काठमाडौं ।  निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्न सहमत भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुसँग विहिबार साँझ बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरु एकै चरणमा चुनाव गर्न सहमत भएका हुन् । सहमति भएअनुसार सम्भवत मंसिर ४ गतेलाई चुनावको मिति तय हुने बताइएको छ ।

छलफलमा आयोग प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्न सहमत भयो, बैठकमा सहभागि एक नेताले भने, ‘दुई वटा मतपत्र हुनेछ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था गरिनेछ ।’

आयोगका एक अधिकारीले भनेका छन्, ‘३ गते मतदाता नामावली संकलन बन्द हुन्छ । त्यही दिन साँझतिर निर्वाचनको मिति घोषणा हुने सम्भावना छ ।’ दलका नेताहरुसँगको बैठकमा देशभर एकै चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा समेत छलफल भएको छ । मुख्य दलका नेताहरुले एकै चरणमा गर्नु पर्नेमा जोड दिएका छन् । तर, आयोगले भने तयारीका लागि दुई चरणमा गर्नु उपयुक्त हुने प्रस्ताव राखेको छ ।

आयोगका एक अधिकारीले भने, ‘देशभर एकै पटक भन्दा पनि ४ र ७ को दुई वटा मिति राख्न सकिने राय हामीले दिएका छौँ । किन समय बार अनुसार पनि मिलाउनु पर्ने हुन्छ । पहिलो चरणमा हिमाली ३१ जिल्लामा गर्दा सजिलो हुन्छ भन्ने हाम्रो धारणा हो । बाँकी जिल्लामा एक सातापछि गरेपनि हुन्छ, आन्तरिक छलफलमा उठेको कुरा हो ।’

उनले यसबारे आयोगमा थप छलफल गरेर शुक्रबारसम्म ठोस जवाफ दिने बताएका छन् । आयोगले ठोस जवाफ दिएपछि सरकरले मिति घोषणाको तयारी गर्ने बताइएको छ । आयोगले शनिबार मतदाता नामावली संकलन बन्द गरेर आइतबारबाट अद्यावधिक गर्ने काम गर्ने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ