arrow

दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
blind1.png

पोखरा । उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि विहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ । 

उनीहरुलाई व्यावसायिकता र उद्यमशीलतामार्पmत आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यका साथ उज्यालो बजार शुरु गरिएको संस्थाका प्रचारप्रसार संयोजक श्रीकान्त सापकोटाले जानकारी दिए । 

दृष्टिविहिन व्यक्तिलाई समाजको बोझका रुपमा लिइने, उनीहरुको ज्ञान, सीप र क्षमताको प्रयोग गर्ने उपयुक्त स्थानको अभाव, पारिवारिक सामाजिक अविश्वास, व्यवसाय सञ्चालनको अव्यवस्थित तौरतरिकाजस्ता कुरालाई चिर्न दृष्टिविहीनले पनि केही गर्न सक्छन् भन्ने विश्वास दिलाउन व्यवसाय सञ्चालन गरिएको हो । 

तीसवटा सटर लिई २१ जना दृष्टिविहीन व्यक्तिलाई व्यवसायी बनाउने उद्देश्य राखिएकोमा अन्य अपाङ्गता भएका व्यक्तिसमेत व्यवसायमा संलग्न भएका छन् । 

होटल, किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसलमा शुरुमा १५ जना दृष्टिविहीन र एक शारीरिक अपाङ्गता भएकासहित १६ जना व्यक्तिले व्यवसाय शुरु गरेका छन् । 

यसका लागि ढाकामोहन पराजुली र राजेश पराजुलीले रु तीन लाख बराबरको घर भाडा छुट, उद्यमी कृषि सहकारी संस्था लि, पञ्चासे हस्तकला उद्योग, लायन्स क्लब अफ गण्डकी, होटल दीपसागर, सपना आयुर्वेद अस्पताललगायतका संस्थाले सहयोग गरेका छन् । 

आफूलाई आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्दा समाज सेवा पनि हुने भएकाले सम्पूर्ण जनसमुदायलाई उज्यालो बजारमा आई किनमेल गरिदिनुहुन उज्यालो प्रतिष्ठानले सबैसँग हार्दिक अपिल पनि गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ