arrow

पीडितलाई राहत पुर्याउन सरकार केन्द्रित छ ः प्रम

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले १५ लाख १ हजार १११ प्रदान गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले सुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पुर्याउन आह्वान गरे । 

सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्नलगायतका सहयोग जारी राख्ने बताएको महासङ्घले जनाएको छ । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ