arrow

देउवालाई मोदीको फोन, बाढी पीडितलाई २५ करोडको बचन

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
deuba-_modi.JPG

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना व्यक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिएको प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै परियारले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ