arrow

गण्डक नहरको संरचनामा ७५ करोडको क्षति

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
Gandak-Barrage-over-Narayani-River.jpg.jpeg

वीरगन्ज । केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँठाउँमा कटान भएपछि  ७५ करोडभन्दा बढीको नहर संरचना भत्किएको छ ।

सो बाढीले करिब ५० वर्ष पुरानो गण्डक मूल नहर भत्काएर ब्लकमा व्यापक क्षति पुर्‍याएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी पर्साका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताए । भारतको इनर्वा बजार हुँदै नेपालको जानकी टोलादेखि वाग्मती नदीसम्म ८१ किमी लामो सो नहरले बारा, पर्सामा ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

पर्साको जगरनाथपुर, जानकीटोला, मसिहनिया, बारा बसलपुरलगायत ठाउँमा कल्भर्ट र ठाउँ ठाउँमा नहर भत्केको छ भने ब्लक नं १ देखि १० सम्म नहरको पानी बग्ने गरेकाले नहरको केही संरचना तथा ब्लक तथा वरिपरिका धान खेत तथा अन्यबालीमा व्यापक क्षति पुर्‍याएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ