arrow

निर्वाचनको सकारात्मक वातावरण बन्दैछ : महतो

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
Rajendra-Mahato.jpg.jpeg

महेन्द्रनगर (धनुषा) । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् ।

बाढी प्रभावित मधेशका जिल्लामा राहत वितरण गर्न आएका नेता महतोले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन आग्रह गरे ।

महतोले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि  २६ अर्बको माग गरेकामा सरकारले एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताउँदै राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ