arrow

पश्चिम पाल्पामा तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ ३ शनिबार
kisan_ko_photo_(1).png

पाल्पा । केही अघि सम्म सामान्य कामका लागि श्रीमान सँग भर पर्नु पर्ने रैनादेवी छहरा गाँउपालिका ४ अमलाबासकी गीता पोखरेललाई अहिले दुई चार हजारका लागि कसै सँग हात थाप्नु पर्दैन । पहिले पाँच ,दश रुपैयाँ चाहियो भने पनि श्रीमान् सँग माग्नु पथ्यो । मैले व्यावसायिक रुपमा तरकारी खेती गर्न थाले पछि उल्टै श्रीमान् लाई पैसा दिने गरेकी छु । छोराछोरीहरुलाई विद्यालय पढाएकी छु,’ उनले भनिन् । 'सवै घरखर्च टारेर बचत समेत गर्ने गरेकी छु ।’ 

परम्परगत रुपमा गरिँदै आएको गहुँ, मकै, र धान खेतीले वर्ष दिनको छाक टार्न समेत मुस्किल पर्ने भए पनि तरकारी खेतीबाट उनले वार्षीक  एक डेढ लाख रुपैयाँ कमाउन सक्ने भएको बताईन्  । पैसाको लागि श्रीमान् सँग सधै झगडा हुन्थ्यो अहिले त्यस्तो छैन । तरकारी खेतीमा श्रीमान्ले समेत सघाउनुहन्छ,’ उनले भनिन् ‘हामी अहिले निकै खुसी छौँ । 

गीता पोखरेल जस्तै व्यावसायिक तरकारी खेती गर्ने सोही गाँउपालिका ४ अमलाबासकी  ५० वर्षीय सावीत्रा कंडेलले पनि तरकारी खेतीबाट आत्मानिर्भर भएको बताईन । परम्परागत खेती गर्दा विहान वेलुकाको छाक टार्न समेत धौँधौँ पथ्यो । तर तरकारी खेती गर्न सुरु गरेपछि खान लगाउन र दैनिकी घर व्यवहार चलाउन निकै सहज भएको उनले बताईन ।  अहिले कडेलका बारीभरी काउली , सिमी र आलुले ढपक्कै ढाकेको देखिन्छ । 

उनले विहान देखि साझा सम्मै बारीमै व्यस्त हुने गरेको बताईन  । व्यवसायिक तरकारी खेतीबाट बार्षिक एक देखि दुई लाख सम्म कमाउन गाह्रो नभएको कंडेलले भनाई रहेको छ । । उनले आफैले उत्पादन गरेको तरकारी डोकोमा राखेर बजार सम्म पु¥याउने  गरेको को बताईन । मेरो यो सफलता गाँउमा गठीत महिला समुहबाट प्राप्त भएको भनाई छ  । 

हिजो आजा उनीहरु जस्तै पश्चिम पाल्पाका महिलाहरु व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । पाल्पाको पश्चिम भेग रैनादेवी छहरा गाँउपालिका भित्रका मुझुङ्ग,सोमादी, छहरा र भुवनपोखरी लगाएतका स्थानहरुबाट लाखौ रुपैयाँको तरकारी बजार जाने गरेको पाइन्छ । महिलाहरुले गाँउमै समुह गठन गरि थोरै थोरै बचत गर्ने बानीको विकास गरि सोही समुहबाट क्रण लिएर व्यवसायिक तरकारी खेती र फलफुलबाट राम्रो आम्दानी गरेका छन् । पछिल्लो समयमा यस भेगका महिला किसानहरु व्यावसायिक तरकारी खेतीतर्फ आर्कषक देखिन थालेका छन् । 

कम लगानी र मेहनतले तरकारी खेती गर्न सकिने भएकाले यस तर्फ महिलाहरु बढी आर्कषण देखिएका छन् । यस क्षेत्रमा पानीको समस्या हुदाँ घण्टौँ समय लगाएर लिएको पानी तरकारी मा सिचाँई गर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । यस क्षेत्रका महिलाहरु फुर्सदको समयमा महिला समुहको बैठक बस्ने गर्दछन् । बैठकमा तरकारी खेतीमा लाग्ने रोग र कीराहरुको विषयमा छलफल गर्ने र मासिक बचत गर्ने गरेका छन् ।  बारीमा गोडमेल गर्ने र रासायनिक मलको प्रयोग नगर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ । मेहनत र परिश्रम गरे आफ्नो बारीमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्  अमलाबासका महिला किसान ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ