arrow

कपिलवस्तुमा झाडापखालाको प्रकोप, ३ को मृत्यु

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
kapilbastu_district_map.png

कपिलवस्तु ।  महाराजगंज नगरपालिका–७ मा झाडापखालाको प्रकोप फैलिएको छ । तीन दिनअघि फाट्टफुट्ट देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमै फैलिएकोे छ । वर्षाका कारण आएको बाढीले खानेपानीमा फोहोर मिसिएपछि पखालाको प्रकोप फैलिएको स्थानीयहरुले बताएका छन् ।

टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित भएकाहरुमा अहिले पेट दुख्ने समस्या पनि थपिएको छ । महाराजगंजको सतभरा र गघौंडी गाउँमा फैलिएको प्रकोपका कारण १२० बढी प्रभावित भएका छन् ।

झाडापखालाको प्रकोपबाट महाराजगंज नगरपालिका– ७ सतभरा गाउँका ८ वर्षीय तारेस रैदास, ६ वर्षिया रिन्का यादव र गघौंडी गाउँ बस्ने ३५ वर्षीया शान्तिदेवी चमारको मृत्यु भएको कुशहवा स्वास्थ्य चौकी इन्चार्ज बसन्त कुमार मण्डलंले बताए ।
अन्य थप बिरामीलाई शिवराज अस्पतालमा भर्ना गरेर उपचार व्यबस्था मिलाइएको उनले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ