arrow

साईप्रसका नेपालीको समस्या समाधान गरिने परराष्ट्रमन्त्री महराको प्रतिबद्धता

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
848-pararastra_mantri.jpg

काठमाडौं । जनसम्पर्क समिति साईप्रसको प्रतिनिधिमण्डलले उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेट गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा प्रतिनिधि मण्डलले साईप्रसमा रहेका नेपालीहरुमाथि परेका समस्याहरुको बारेमा परराष्ट्रमन्त्री महरालाई ध्यानाकर्षण गराएका थिए । 

समितिकी अध्यक्ष सीता सुवेदीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले साईप्रसमा अहिलेसम्म कन्सुलर पनि नखोलेको, इजरायली दूतावासले साईप्रसलाई पनि हेर्ने भनेर भनिएको तर त्यहाँको दूतावासले पनि साईप्रसका कामदारहरुकोबारेमा कुनै चासो नराख्ने गरेको गुनासो गरेका थिए । 

जवाफमा परराष्ट्रमन्त्री महराले विश्वका कुनैपनि मुलुकमा पुगेका नेपालीहरुले समस्या भोग्न नहुने भन्दै त्यहाँको सबै समस्याहरुको बारेमा जानकारी लिएर त्यसको समाधानको लागि आवश्यक पहल गर्ने बताएका थिए । भेटका क्रममा परराष्ट्र सचिव शंकरदास बैरागीले इजरायललाई यस विषयमा एक पटक भन्ने र नभए त्यहाँ छुट्टै कन्सुलर नै खोल्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । परराष्ट्रमन्त्री महराले पनि कन्सुलर खोलेर भएपनि त्यहाँका कामदारहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।

त्यस्तै, श्रम मन्त्री फरमुल्लाह मन्सुरले पनि सम्झौतामा उल्लेख भएभन्दा धेरै काम गरे अतिरिक्त ज्याला पाउनुपर्नेमा आफू प्रतिवद्ध रहेको बताए । उनले यस सम्बन्धमा एक साता अघिमात्रै ऐन पारित भईसकेको भन्दैै अब नेपाली कामदारहरु पुगेको मुलुकमा पनि कहाँकहाँ त्यस्तो समस्या छ त्यो बुझेर सरकारले समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री, परराष्ट्र सचिब र श्रम मन्त्रीलाई  समेत ज्ञापन पत्र बुझाएको थियो । साथमा साईप्रसमा रहेका नेपालीहरुको  हस्ताक्षर संकलन समेत बुझाईएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ