arrow

आयोगले भन्यो  : पशुपतिले केन्द्रीय सदस्य र सांसद्हरुको नागरिकता ल्याउन सकेनन्  

logo
हाम्रा कुरा
प्रकाशित २०७४ भदौ ४ आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको दल दर्ता गरी पाउँ भनी पशुपति शम्सेरले केन्द्रीय सदस्य र सांसद्हरुको नागरिकता ल्याउन नसकेको जनाएको छ । आईतबार राती विज्ञप्ती जारी गरी आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा ९२० बमोजिम सो पार्टी दर्ता गर्न आवश्यक कागजात पुर्याउने नसकेको जनाएको हो । 

पशुपतिको टोलीले साउन २२ मा आयोगमा निवेदन दर्ता गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य र व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसदमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० नामको राजनीतिक दल दर्ता गर्न समर्थन गर्ने केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर बुझाएका थिए । तर, आयोगले उनीहरुको सक्कल नागरिकता सहित भदौ ४ गते आईतबार विहान ११ बजेदेखि अपरान्ह ५ बजेभित्र सनाखतको लागि आयोगमा उपस्थित हुन साउन २३ गतेको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेको थियो । तर, आईतबार उपस्थित हुन तोकिएको समयमा कुनै पनि सदस्य आयोगमा उपस्थित नभएको आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ