- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पर्साको बेलवाका अति विपन्न १३० परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नेविसंघ केन्द्रीय समितिको निर्णय अनुसार उपाध्यक्ष पवन यादवको नेतृत्वमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
उपाध्यक्ष यादव नेतृत्वको समुहले काठमाडौंमा संकलन गरेको राहत पर्सा काँग्रेस र नेविसंघ पर्साको समन्वयमा राहत वितरण गरिएको केन्द्रिय सदस्य तारक केसीले बताएका छन् । टोलीमा सह–महामन्त्री अम्बिका चलाउने केन्द्रीय सदस्य केसी, गीता गुरुङ, सुधीर पतेललगायत संलग्न रहे । गएको हप्ता वर्षासँगैको बाढीबाट पीडित विपन्न र संकटमा रहेका परिवारलाई नेविसंघले राहत वितरण गरेको हो ।
यस्तै, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ९ र १० का ५० परिवारलाई त्रिपाल वितरण गरिएको पनि केन्द्रीय सदस्य केसीले जानकारी दिएका छन् ।