arrow

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
janata_darbar_photp1.JPG

काठमाडौं । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ ।

मोटरसाइकल र्‍याली राजधानीको कलंकीदेखि शुरुभई त्रिपुरेश्वर, जावलाखेल, सातदोवाटो, कोटेश्वर, तिनकुने, सिनामङ्गल, पुरानो वानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै जनता दरवार अभियानका संयोजक एसपी शाह सारथीले देशबाट भ्रष्टाचार नियन्त्रण गर्न आफूहरु एकताबद्ध भएर लागेको बताए । शाहले युवाहरुलाई एकजुट गरेमा मात्र देशबाट भ्रष्टाचार उन्मुलन गर्न सकिने स्पष्ट पारे । 

सो भ्रष्टाचार विरोधी जनप्रदर्शनमा अभियानका संयोजक एसपी शाह सारथी, निरज थापा, प्रशान्त पौडेल, शिखर शाह र विना दाहालको सक्रिय सहभागीता रहेको थियो ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ