arrow

धर्मले छेक्दैन चोरी गर्नेलार्इ, भिक्षुहरु बस्ने गुम्बामै चोरी 

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
gumba-helambu.jpg.jpeg

हुम्ला । सदरमुकामदेखि उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाअन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ । 

चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ । चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ