arrow

यातायातमन्त्रीले गरे इम्बोस्ड नम्बर प्लेट राख्ने कार्यको सुभारम्भ

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
yatayat_mantri.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायतले इम्बोस्ड विद्युतीय नम्बर प्लेटको अनावरण गरेका छन् । सोमबार यातायात व्यवस्था विभागको प्रांगणमा भएको कार्यक्रममा मन्त्री बलायतले नम्बर प्लेट जडानको सुभारम्भ गरेका हुन् ।
विभागले प्रक्रिया पूरा गरेर यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ । अवको साढे ३ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान हुने बताइएको छ ।

विभागले पहिलो चरणमा बाग्मती अञ्चल यातायातमा दर्ता भएका सरकारी र निजी चारपाङ्ग्रे सवारी साधनमा समयतालिका निकालेर इम्बोस्ड नम्बर प्लेट जडान गरिने छ । तीन महिनापछि बाग्मती अञ्चलमा दर्ता भएका मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान प्रक्रिया अघि बढाइने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन् ।

त्यसपछि विभागले क्रमश देशैभरका सवारी साधानमा इम्बोस्ड नम्बर जडान गर्दै जाने छ । सवारी चालकले इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइनबाट आवेदन दिन पाउने छन् । लागत मूल्य राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गर्नु पर्ने छ । इम्बोस्ड नम्बर अनावरण गर्दै मन्त्री बलायतले प्रविधिमैत्री कार्यमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ