arrow

राजपाको कडा प्रतिक्रिया : एमाले र राप्रपा मधेस विरोधी हुन् भन्ने प्रमाणित भो !

अझै चुनावमा जाने विषय टुंगिएको छैन : लाल

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
rajapa_new.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले संविधान संशोधन विधेयक फेल हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएको छ । सोमबार संसदमा निर्णयार्थ प्रस्तुत भएको संविधान संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावमा आवश्यक दुई तिहाई मत नपुगेपछि अस्वीकृत भएको छ ।

संसद भवनबाट बाहिरिँदै राजपाका नेता लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने थियो । एमाले सहितका विपक्षी दलहरुका कारण त्यो पारित हुन सकेन । यो दुर्भाग्यपूर्ण छ ।’ राजपाको रणनीति भने मंगलबार बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।

यस्तै, राजपाकै अर्का नेता वृशेषचन्द्रलालले सोमबारको मतदानले यो संविधानको भविष्य नरहेको र संशोधन आवश्यक रहेको प्रमाणित भएको बताएका छन् ।

उनले भने, ‘५८ प्रतिशतले संविधान अपर्याप्त छ । संशोधन आवश्यक छ भनेर मतदान गरेका छन् । ३ सय ४७ मत त परेको छ नि ! ।’ बहुमत सदस्यहरुले यो संविधान अस्वीकार्य छ भनेका छन् । योबाट राप्रपा र एमाले मेधस विरोधी रहेछन् र सत्ताधारीहरु पनि इमानदार रहेनछन् भन्ने समेत प्रमाणीत भएको उनले बताएका छन् ।

उनले भने, ‘मधेसको वलिदानीलाई संसदले वेवास्ता गरेको छ । संसदले मधेसको वलिदानीलाई गम्भीरतापूर्वक लिएन ।’ तपाईहरु संशोधन प्रक्रियामा आइसकेपछि संविधान कार्यान्वयनमा सहभागि भइसकेको अर्थ काटियो, अब संविधानले पूर्णता पायो हो ? जवाफमा उनले भने, ‘संसदमा हामी संसदको सम्मानका लागि उपस्थित भएका हौँ । संसदको गरिमाका लागि उपस्थित भएका हौँ । हामीले संशोधन गरिनु पर्छ भन्नेमा मतदान गरेका छौँ । अनि कसरी स्वीकार गरेको भन्ने । यस्ता वेतुकका अर्थ लगाउन पाइँदैन ।’ आफै निषेधको राजनीति गर्ने आफै पानीमुनिको ओभानो बन्ने खोज्ने प्रवृत्तिलाई जनताले राम्ररी चिनेका छन् ।

यस्तै, उनले राजपा अझै चुनावमा जाने तय भइनसकेको बताए । उनले भने, ‘पदाधिकारी बैठकले कुन विकल्पमा जाने भन्ने डिसिजन गर्छ । अहिले नै चुनावमा जाने भन्ने यकिन भएको छैन ।’ हामीले संविधान संशोधन विधेयक अघि बढाउने विषयमा लचकता अपनाएका हौँ । हामीलाई कमजोर नठानियोस् । आन्दोलनकारीले के गर्छन् भन्ने त्यो त परिस्थितिले बताउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ