arrow

बाढीले बगाएको तेस्रो गैंडा भारतबाट उद्धार गरी निकुञ्ज ल्याइयो

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Rhino.jpg.jpeg

रत्ननगर । बाढीले बगाएर भारत पुर्याएको अर्को दुर्लभ एकसिंगे गैँडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुर्याएको वयस्क गैँडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । 

उनका अनुसार सोमबार साँझ डार्ट गरेर नियन्त्रणमा लिइएको गैँडालाई मंगलबार बिहान चितवन ल्याइएको हो । 

यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैँडा हो । 

बाढीले चितवन निकुञ्जबाट चारवटा गैँडालाई बगाएर भारत पुर्याएकोमा तीनवटाको उद्धार भएको छ भने एउटा बच्चा गैँडाको उद्धारका लागि मंगलबार पनि प्राविधिकसहितको टोली भारतमा परिचालन भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

यसअघि आइतबार र साउन २ गते गरेर दुईवटा गैँडाको उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ । 

प्राविधिकहरुले बन्दुकमार्फत डार्ट गरेर बेहोस बनाइ खोरमा राखी उक्त खोरलाई ट्रकमा राखेर गैँडालाई ल्याउँछन् । 

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारमा खटिएका छन् । 

पछिल्लो अनुगमनमा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्यांक छ । 

उक्त गैंडामध्ये बर्दिया र शुक्लाफाँटामा एक दर्जनभन्दा बढी गैँडा स्थानान्तरण भइसकेका छन् । 

बाढीका कारण निकुञ्जमा केही चित्तल, एउटा गैँडालगायतका वन्यजन्तुसमेत मरेको पाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ