arrow

नेपाललाई समृद्ध बनाउन भ्रष्टाचार रोक्न आवश्यक छ : पौडेल

ऐनकानुनको अभावले स्थानीय तहमा काम गर्न कठिन भयो : चिरीबाबु महर्जन

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Ram-Chandra-poudel-news-aa.jpeg

ललितपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई समृद्धिका लागि भ्रष्टाचार रोक्नु आवश्यक रहेको बताएका छन् । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा मंगलबार  आयोजित स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा पौडेलले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमा समेत अस्थिरता आएको बताए ।
 
वरिष्ठ नेता पौडेलले राजनीति तथा पार्टीप्रति राम्रो आस्था बनाउन राजनीतिकर्मीले सही व्यवहार गरिनुपर्नेमा जोड दिए  । ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्न नै काँग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अवलम्बन गरेको नेता पौडेलको कथन छ । उनले देशभित्र नै रोजगारी, शिक्षा र स्वास्थ्यको विकास गरिनु अति आवश्यक रहेको पनि बताए ।

अस्पतालले प्रदान गर्दैआएको सेवालाई देशभरि नै विस्तार गरिनुपर्नेमा उनले जोड दिए  । सो अस्पताल एक सय श्यया क्षमताको रहेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ऐनकानुनको अभावले स्थानीय तहमा काम गर्न कठिन भएको उल्लेख गरे। उनले जनप्रतिनिधिले स्वतन्त्र रुपले काम गरिनुपर्नेमा जोड दिए ।

अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले स्थानीय तहमा निर्वाचित महानगरपालिकाका जनप्रतिनिधि तथा जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको बताए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ