यातायातमन्त्री बलायर, रक्षामन्त्री प्रधान र पूर्व स्वास्थ्यमन्त्री थापाले वातमारे
विषय : काठमाडौंका भित्रि सडकको समस्या
प्रकाशित २०७४ भदौ ६ मंगलबार
247
Shares
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले रक्षा मन्त्री भिमसेनदास प्रधान, पूर्व स्वास्थ्य मन्त्री गगन थापा लगायतसँग काठमाडौँ भित्रका सडक सुधारका लागि आवश्यक छलफल गरेका छन् ।
काठमाडौंको भित्रि सडक जतिसक्दो चाडो मर्मत सम्भार गरी सडकको अवस्था सुधार गर्न मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय निर्देशक तथा डिभिजन प्रमुखहरुलाई सँगै राखेर गरेको छलफलमा मन्त्री बलायरले समय तालिका बनाई सडक मर्मत गर्न र साप्ताहिक रुपमा मन्त्रालयमा प्रगति विवरण पेश गर्न निर्देशन दिए ।
उनले भने, ‘नेपालीहरुको महान चाड दशै नजिकिँदै गएकाले त्यस अगाबै विग्रेका सडकहरु सुधार गरी आवत–जावतलाई सहज बनाउनुस्, ठेक्का लिएका निर्माण कम्पनीहरुलाइ ताकेता गर्नुस र काम नगर्ने कम्पनी र ठेकेदारलाई कारवाहिको दायरामा ल्याउनुस् ।’ जनताले ठूलो कष्ट व्यहोरिरहेका छन् । जहिले पनि सडक बिग्रेको भत्केको कुरा मात्रै उठ्नु लाजमर्दो कुरा भएकाले जिम्मा लिएर बसेका डिभिजन प्रमुखहरुलाइ समयमै काम सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन पनि मन्त्री वलायरले भनेका छन् ।
रक्षामन्त्री भिमसेनदास प्रधान र पुर्वमन्त्री गगन थापाले राजधानीको बिग्रदो सडक अवस्था र समस्याबारे ठोस कुराहरु राखे । दुवैले यथासिघ्र सडक मरम्मत र सुधार गरी जनजीवन सहज बनाउन मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।